काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेशसभामा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव जितेका सांसद सांसद फणीन्द्र देवकोटालाई कारबाही गर्ने बताएका छन् ।


ADVERTISEMENT


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले सांसद देवकोटालाई निलम्बन गर्ने बताएका हुन् । ‘जसले संविधान र कानुनको मान्यता र मर्मविपरित फ्लोर क्रस गरेकोमा स्वभावित रुपमा कारवाही हुन्छ । पार्टीले ह्वीप जारी गरिसकेको थियो ।’ उनले भने, ‘ह्वीप तोड्नेलाई कारवाही हुन्छ । निलम्बनको प्रक्रिया अघि बढ्छ ।’


ADVERTISEMENT

# # #


सोमबार सांसद देवकोटाले माओवादी केन्द्रको ह्वीप विपरित गएर गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए । उनको मतकै कारण गण्डकीमा काँग्रेसको सरकार जोगिएको छ । केन्द्रीय गठबन्धन विपरित गएर मतदान गरेको भन्दै माओवादीले देवकोटालाई कारवाही गर्ने भएको हो ।

यद्दपि सांसद देवकोटा माओवादी केन्द्रका भने होइनन् । नेपाल समाजवादी पार्टीका उनी गत निर्वाचनमा गठबन्धन अनुसार माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका थिए ।