काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले पोखरास्थित बारपिपल रिसोर्टसँग व्यावसायिक सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले बारपिपल रिसोर्ट पोखरामा खाना, बसाइ तथा SPA सेवामा १० प्रतिशतदेखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।
त्यस्तै, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बसाइ सुविधासहित ब्रेकफास्ट, लन्च र डिनर निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।
उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले बैंकको मान्य डेबिट वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरे पनि सुविधा प्राप्त गर्न सकिनेछ।
यसैबीच, बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने अटो लोन सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउँदै बैंकिङ सेवासँगै विभिन्न व्यावसायिक तथा जीवनशैलीसम्बन्धी सेवामा सहुलियत प्रदान गर्ने नीति अघि बढाएको छ।





























































