काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट पूर्वाग्रहीपूर्ण रहेको आफ्नो भनाइ पुष्टि हुँदै गएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बजेटको विनियोजित शीर्षकमाथिको छलफल हुँदै गर्दा विभिन्न मन्त्रालयमाथि पूवाग्रहीपूर्ण तवरले बजेट विनियोजन गरिएको पुष्टि भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले पहुँचका भरमा कनिका छरेजस्तो बजेट विनियोजन भएको र अहिलेजस्तो गलत ठाउँमा बजेट दिने काम यसअघि कहिल्यै नदेखिएको धारणा राखे । त्यस्तै आफ्ना अनुकुल भएको व्यक्तिको संघसंस्थालाई पनि अव्यवहारिक रुपमा बजेट वितरण गरिएको आरोप लगाए ।

उनले बजेटले निराशा दिने काम बाहेक केही दिन नसकेको जिकिर गरे ।