काठमाडौँ – सरकारले आफूहरुसंग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै लघुवित्तपीडित संघर्ष समितिले पुनः आन्दोलन गर्ने जनाएको छ ।


ADVERTISEMENT


लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले दुई महिनाभित्रै समस्या समाधान गर्ने गरि सहमति गरेपनि सहमति कार्यान्वयन गर्न वेवास्ता गरेको भन्दै आन्दोलन गर्ने जनाएको हो ।


ADVERTISEMENT

# # #


संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले सहमति विपरित लघुवित्तपीडितलाई कालोसूचीमा राख्ने, धितो लिलामको धम्की दिने लगाएतका काम भएकाले पुनः आन्दोलन गर्ने तयारी गर्नुपरेको जानकारी दिए । उनले असार १५ गतेसम्म आफुहरुको माग पूरा नभए असार १६ गतेदेखि वित्तिय संस्थाहरुविरद्ध देशव्यापी मसाल जुलुससंगै विद्रोहमा जाने कार्यक्रम तय भएको बताए ।

संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, आम गरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।