काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले नयाँ–नयाँ क्षेत्रमा अनुसन्धान गर्न बजेटको १ प्रतिशत खर्च गर्ने बताएका छन् ।
बुधबार ललितपुरमा युवा वैज्ञानिक सम्मेलको उद्घाटन गर्दै मन्त्री पुनले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा रखेको भन्दै सूचना प्रविधि लगाएत नयाँ नयाँ क्षेत्रमा अनुसन्धान गर्न बजेटको १ प्रतिशत अध्ययन अनुसन्धानमा खर्च गर्ने बताएका हुन् ।
कृषि, जनविधुत, खानीजन्य र पर्यटनका साथै मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधि क्षेत्र पनि महत्वपूर्ण रहेका उनको भनाइ छ । उनले यस वर्ष १ खर्व बराबरको सूचना प्रविधि सेवाको निर्यात गर्ने र लाखौ युवाहरुलाई रोजगार दिने गरी सूचना प्रविधि दशकको घोषणा गरिएको जानकारी दिए ।
काठमाडौंलाई आइटी हवको रुपमा विकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको तयारी भइरहेको उनको भनाइ छ ।



























































