काठमाडौं – रसुवाको टिमुरेमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा कार्यालय भीषण बाढीले बगाएको छ।


ADVERTISEMENT


बाढीका कारण शाखा पूर्ण रूपमा क्षतिग्रस्त भए पनि त्यहाँ कार्यरत सबै कर्मचारी भने सुरक्षित रहेको बैंकले जनाएको छ। बाढी आएपछि केही समय कर्मचारीसँग सम्पर्क हुन नसक्दा बैंकमा चिन्ता बढेको थियो। पछि उनीहरू सुरक्षित स्थानतर्फ गएर डाँडामा बसेको जानकारी प्राप्त भएपछि सबै कर्मचारीसँग सम्पर्क स्थापित भएको बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार टिमुरे शाखामा दैनिक औसत १० देखि १२ वटा मात्रै कारोबार हुने गरेको थियो। कारोबार अपेक्षाअनुसार विस्तार हुन नसकेपछि शाखा बन्द गर्ने तयारीसमेत भइरहेको थियो।

शाखा बन्द गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग अनौपचारिक छलफल भइरहेको भए पनि आवश्यक प्रक्रिया पूरा हुनुअघि नै बाढीले कार्यालय नै बगाएको हो। तत्कालीन सनराइज बैंकको समयमा राम्रो कारोबार हुने अपेक्षासहित टिमुरेमा शाखा स्थापना गरिएको थियो। तर अपेक्षित कारोबार हुन नसकेपछि बन्द गर्ने योजना बनाइएको बैंकले जनाएको छ।

यसैबीच, नुवाकोटको बट्टार शाखामा भौतिक क्षति नभए पनि सञ्चार तथा कनेक्सन विच्छेद भएपछि बैंकिङ सेवा अस्थायी रूपमा बन्द गर्नुपरेको बैंकले जनाएको छ।