काठमाडौं — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा अहिलेसम्म १६५ जनाको शव फेला परेको छ भने ८२६ जना अझै बेपत्ता रहेको सरकारी तथ्यांकले देखाएको छ।


ADVERTISEMENT


बिहीबार बिहान सवा ८ बजेसम्म फेला परेका शवमध्ये चितवनमा ६५, धादिङमा २७, गोरखामा २०, पूर्वी नवलपरासीमा २६, तनहुँमा ९, नुवाकोटमा १२, पश्चिम नवलपरासीमा ५ र रसुवामा २ वटा रहेका छन्। नारायणी नदी आसपासबाट मात्रै ६४ शव फेला परेको जनाइएको छ।


ADVERTISEMENT

# # #


बेपत्तामध्ये ८५ जना सुरक्षाकर्मी छन्। उनीहरूमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना रहेको बताइएको छ। यस्तै, रसुवाका १६१ र नुवाकोटका एक जना पनि बेपत्ता सूचीमा छन्।

बाढी प्रभावित क्षेत्रमा ५७९ पर्यटक पनि सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ११३ नेपाली र ४६६ विदेशी पर्यटक छन्। यसैबीच, विपद्मा परेका १०४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना छन्।

खोज तथा उद्धार कार्य बिहीबार बिहानैदेखि पुनः सञ्चालन गरिएको छ। राहत तथा उद्धारलाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठकसमेत सुरु भएको छ। मन्त्रालयले विपद्सम्बन्धी संवेदनशील सूचनामा आधिकारिक निकायबाट जारी विवरणलाई मात्र आधार मान्न सर्वसाधारणलाई आग्रह गरेको छ।