काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देखाएको भरोसा र आशामा धोका हुने काम नगर्न रास्वपालाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


रास्वपाको दोश्रो स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा नयाँ दलको रुपमा स्थापित भएको रास्वपाले धेरै प्रगति गरेको भन्दै जनताले देखाएको भरोषा र आशामा धोका हुने काम नगर्न रास्वपालाई सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘राजनीतिमा एउटा नयाँ दलको रुपमा स्थापना भएर चाँडै यो तहको प्रगति गरेको छ । जनताको आशा, विश्वास अथवा जसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन विश्वासका साथ मत दिएका थिए, उनीहरुको विश्वासमाथि धोका हुने काम नहोस् ।’

उनले अहिले पनि संसदमा पुरानै दल हावी भएको अवस्थामा मुख्य नेताहरुले गरेको निर्णयको भारी सवै सांसदहरुले बोक्नुपर्ने अवस्था विद्यमान नै रहेको धारणा राखे । उनले संसदमा पुरानो प्रवृति अहिले पनि रहेकाले कुनै पनि सांसदले आफ्नो स्वविवेकले निर्णय गर्न नसक्ने जिकिर गरे ।