काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिको बदमासीका कारण बद्नाम बनेको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार ललितपुरमा सहकारी रोजगार मेला समापन कार्यक्रमका बोल्दै मन्त्री अर्यालले समाजमा रहेका केही मानिसहरुले गरेको अपराधका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको र यस क्षेत्र बद्नाम भएको भन्दै सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका हुन् । उत्पादनलाई बजारीकरण गर्नका लागि नेपालमा सहकारी क्षेत्रले गरेको योगदान बिर्सन नहुने उनले बताए ।


ADVERTISEMENT

# # #


मन्त्री अर्यालले सहकारी अभियन्ता भनिनेहरु नै ठगि प्रकरणमा मुछिनु दुखद भएको धारणा राखे । केही व्यक्तिहरु आफूले राखेका अवैध सम्पत्ति लुकाउनका लागि सहकारीकै बदनाम गरिरहने प्रयासमा लागेको उनको भनाइ छ । उनले मुलुकमा अर्थतन्त्र चलाउनमान बनाउनका लागि सहकारीको भूमिकाका बारेमा समाजमा सकारात्मक बहस गर्ने बेला भएको बताए ।

मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ राष्ट्रिय सहकारी महासंघ नेपालले सहकारी रोजगार मेला आयोजना गरेको थियो ।