काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले सरकार नेपाली जनता, युवाहरुलाई दूर्व्यसनीबाट जोगाउनका लागि गम्भीर रहेको बताएका छन् ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालयको मूल समारोह समितिले काठमाडौंमा विशेष कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हु्न् ।
उनले लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्ध जनचेतना, प्रहरी कारवाही बढाउदा पनि नियन्त्रण हुन नसकेको भन्दै त्यसमा देखिएको कमजोरीलाई निर्ममका साथ समाधान गर्ने प्रतिवद्धता समेत जनाए ।
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ । नेपालमा ’लागूऔषध दुरुपयोगविरुद्ध लडौँ, रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ प्रभातफेरी निकालिएको छ ।
विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले उक्त दिवस मनाइने यस कार्यक्रम यसपटक ‘लागूऔषध दुरुपयोगविरुद्ध लडौँ, रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।



























































