काठमाडौँ – मदन भण्डारी फाउण्डेशनले २०८० को मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


फाउण्डेशनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्थानीय कच्चा पदार्थको प्रयोगका आधारमा रोजगारी सिर्जना गर्दै नेपाली चिया निर्यात प्रवद्र्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिएकाले एक लाख रुपैयाँ राशिको पुरस्कार दिने निर्णय गरेको जनाएको हो । चिया बगान तथा अनुसन्धान केन्द्रले वार्षिक चार करोडभन्दा बढी कारोबार गर्दै मुलुकको अर्थतन्त्रमा योगदान दिएकाले पुरस्कार दिने निर्णय गरेको फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए ।


ADVERTISEMENT

# # #


राष्ट्रिय उद्यमशीलतालाई प्रवद्र्धन गर्ने क्षेत्रलाई पुरस्कृत गर्ने क्रममा छनोट समितिको मूल्याङ्कन र सिफारिसका आधारमा पुरस्कार चयन गरिएको आयोजकले जनाएको छ । फाउण्डेशनले असार १४ गते मदन भण्डारीको ७३ औं जन्मजयन्तीको सन्दर्भमा मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा जवजः राजनीतिक विकास र स्थायीत्व विषयक विचार गोष्ठीको मूल समारोह आयोजना गर्ने पाण्डेले बताए ।