बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले गुणस्तरीय तालिम नपाउँदा त्यसको असर एसइइ परीक्षामा देखिएको बताएका छन् ।
बिहीबार अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शिक्षकहरूलाई समय अनुसारको सिप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरमा कमी भएको यस वर्षको एसईई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताए ।
असफलताले नै पाठ सिकाएर मानिसलाई सफल बनाउने ओलीले बताए । ओलीले बिना प्रयास र इमानदारिता बिना कुनै पनि कुरामा सफलता प्राप्त नहुने बताए । नेपाल कसैको उपनिवेशमा नगएको सधैँ स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको भन्दै यो नेपालको गर्व भएको ओलीले बताए ।
नेपालीको मानव मष्तिष्क विद्वान पुर्खाहरूको निरन्तरता भएकोले निक्कै विलक्षणको भएको ओलीले बताए । उनले एसईईको मौका परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एमालेले निःशुल्क अनलाइन कक्षको व्यवस्था मिलाउने बताए ।



























































