काठमाडौं –डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिको बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताएका छन्।


ADVERTISEMENT


महालेखा परीक्षकको कार्यालयको ६८औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले बेरुजुलाई कुनै पनि संस्थाका लागि गौरवको विषय मान्न नसकिने उल्लेख गरेका छन्।


ADVERTISEMENT

# # #


उनले सार्वजनिक वित्त व्यवस्थापनको स्वरूप, सूचना प्रविधिको विकास, जोखिमका क्षेत्र तथा नागरिक अपेक्षामा आएको परिवर्तनसँगै लेखा परीक्षण प्रणालीलाई पनि समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएका छन्।

सभामुख अर्यालले महालेखाले औँल्याएका बेरुजु समयमै फर्छ्योट गर्न, आवश्यक सम्परीक्षण गर्न तथा भविष्यमा बेरुजु नदोहोरिने गरी वित्तीय व्यवस्थापन सुधार गर्नु तीनै तहका सरकार र सम्बन्धित निकायहरूको साझा जिम्मेवारी भएको बताएका छन्।

उनले सरकारी लेखा परीक्षण मापदण्ड तथा मार्गदर्शनहरूको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय स्तरसँगको सामञ्जस्य अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। साथै, सार्वजनिक स्रोतको प्राप्ति, परिचालन र उपयोगको स्वतन्त्र मूल्याङ्कन गरी सुधारका विषय औँल्याउने भएकाले महालेखा परीक्षकको कार्यालयप्रति राज्यका सबै निकाय र नागरिकको उच्च अपेक्षा रहेको पनि सभामुख अर्यालले बताएका छन्।