काठमाडौँ– सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।


ADVERTISEMENT


केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार ६८० क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका जिल्ला प्रहरी प्रमुख एसपी विपिन रेग्मीले हिमालय पोष्टलाई बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार  पानीको बहाव बढेसंगै उच्च सतर्कता बढाइएको छ । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।