काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थिति आएको दावी गरेका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै भट्टराईले बर्तमान सरकारलाई सहज रुपमा अघि बढाउन एमालेले सकारात्मक भूमिका खेलेपनि एमालेलाई धोका दिने काम भइरहेको सूचना प्राप्त भएपछि नयाँ समिकरणको निर्णय भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले एमालेसंग छलफल नगरि कांग्रेससंग राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरेको र त्यसका कारण सरकार पटक पटक परिवर्तन हुने देखिएकाले एमालेले कांग्रेससंग गम्भीर भएर छलफल गरेको उनले बताए । भट्टराईले अहिलेको अवस्थामा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने भएकाले कांग्रेसको प्रस्ताव अनुसार नयाँ समिकरण बनाइएको जिकिर गरे ।

मुलुकलाई सुशासनतर्फ अघि बढाउन, आर्थिक बिकासको बाटोतर्फ मुलुकलाई अघि बढाउन र संविधानको सफल कार्यान्वयनका लागि एमाले गम्भीर निर्णय लिएको भन्दै सदनमा आक्रोश पोखेर अव केहि नहुने उनको तर्क छ । एमालेले समर्थन फिर्ता लिएर प्रधानमन्त्री घोर अल्पमतमा परेको भन्दै मार्गप्रसस्त गर्न उनले सुभाmव दिए ।

उनले विश्वासको मत दिनका लागि २८ गतेसम्मको समय लिनुपर्ने कुनै कारण नरहेको बताए । उनले दुई पार्टीको निर्णयलाई सम्मान गर्दै सदनबाटै राजीनामाको घोषणा गर्नु प्रधानमन्त्रीका लागि उचित हुने उल्लेख गरे ।