विराटनगर – विराटनगरमा गएराति भएको ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामत रहेका छन् । घाइते हुने दुई जनामा भने कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय रहेका छन् ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते अवस्थामा भेटिएका थिए । उद्धार गरी सुरूमा उनीहरूलाई कोशी अस्पताल लगिएको थियो। त्यहाँ कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करणको मृत्यु भएको हो।

घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ।

मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ । घाइतेहरूको पनि शरीरको विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएको छ ।

घाइते भएकै समूहकाबीचमा झडप भएको या अर्कै समूहले आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।