काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारवाहीपछि डा. मुकुल ढकालले आफू रवि लामिछानेको क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन्।


ADVERTISEMENT


सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले पार्टीबाट निष्कासित भए पनि रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताएका छन्।


ADVERTISEMENT

# # #


‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घन्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घन्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि..’ उनले लेखेका छन्।

मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्दै साधारण सदस्य मात्र रहने गरी कारबाही गरेपछि ढकालको यस्तो प्रतिक्रिया आएको हो।

यद्यपि ढकालसंग रास्वपाको विधान अनुसार पुनरावेदनका लागि जाने बाटो भने खुला छ । सोही विधानलाई मध्यनजर गर्दै पार्टीले तत्काल महामन्त्री चयन नगरी ३५ दिन कुर्ने निर्णय गरेको छ ।