काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससंगको समीकरण तोडेको परिणाम अहिले देखिएको तर्क गरेका छन् । मंगलबार प्रतिनिधिसभा बोल्दै केसीले कांग्रेससंग समिकरण तोडेपछि एमालेले खेल्ने ठाँउ पाएको र अहिलेको अवस्था आएको बताएका हुन् ।


ADVERTISEMENT


उनले अहिलेका प्रधानमन्त्रीलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न एमालेले सहकार्य नगरेको भन्दै प्रचण्डले सत्ताको खेल बुझ्न नसकेको बताए । माओवादीसंगको समिकरणपछि एमालेले मन्त्रीमण्डलमा पठाएका व्यक्ति हेर्दा समिकरण लामो समय नजाने आंकलन सवैले त्यसैबेला गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले अहिले कांग्रेस–एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गर्दै अव हुनेवाला केही नभएको जिकिर गरे ।