काठमाडौँ – खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौं उपत्यकामा दीर्घकालीन रुपमा खानेपानीको व्यवस्था गर्न मेलम्ची खानेपानीको ‘हेडवर्क्स’लाई सार्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाले बर्षायाममा मेलम्ची खानेपानीको हेडवर्क्सलाई बन्द गरेर समस्या समाधान नहुने भन्दै बाह्रै महिना उपत्यकामा खानेपानीको व्यवस्था गर्न मेलम्ची खानेपानीको ‘हेडवर्क्स’लाई सार्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले विभिन्न विभागले गरेको अध्ययनका आधारमा पनि ‘हेडवर्क्स’लाई सार्नुको बिकल्प नभएको जानकारी दिए । आचार्यले बिपदबाट हेडवक्र्समा करिव ८० देखि ९० करोडको क्षति भएकाले केहि रकम एडिविले अनुदानमा उपलव्ध गराउने प्रतिवद्धता आएको बताए ।

उनले जलाधारको मुहान भएको निकुञ्जबाट पानी ल्याउनका लागि रोयल्टी तिर्नुपर्ने नियमावलीमा रहेको र यसले आम उपभोक्तालाई नै असर पर्ने भएकाले ऐन र नियममा सुधार हुन जरुरी रहेको उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरुले मेलम्ची खानेपानीको बितरणमा देखिएका समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न सुझाव दिएका थिए । समितिले काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिको लागि देखिएका समस्या चुनौती लगायतका विषयमा सरोकारवाला निकायसंग छलफल गरेको हो ।