काठमाडौँ – रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको बैठकले उक्त निर्णय गरेको हो ।
साथै बैठकले प्रधानमन्त्री पुष्पककमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने समेत निर्णय गरेको छ । नाउपाले अब बन्ने काँग्रेस–एमालेको सरकारलाई समर्थन दिने समेत तयारी गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाए सोही दिन पदमुक्त हुनेछन् र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । नयाँ सरकार गठनका लागि दुई ठूला दल काँग्रेस र नेकपा एमालेले सहमति गरिसकेका छन् ।
जसअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।



























































