काठमाडौँ– अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।


ADVERTISEMENT


आज बिहान अमेरिकामा भएको फाइनल खेलमा कोलम्बियालाई अतिरिक्त समयमा १–० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको हो ।अर्जेन्टिनाका लागि ११२ औँ मिनेटमा गोल गर्दै लौटारो मार्टिनेजले गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिएका थिए ।