काठमाडौं – आफुहरुले सदनमा निरन्तर उठाएका बिषयमा सरकार गम्भीर नभएको भन्दै बिपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै बिपक्षी सांसदहरुले आफुहरुले यसअघि उठाएका सीमा लगाएतका अन्य बिषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन् । बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद खडक वहादुर वुढालाई बोल्न समय दिएको थियो ।


ADVERTISEMENT

# # #


सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाए । राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको कुरा बाहिर आएको भन्दै उनले यसको निष्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्ने माग गरे ।

उनले पहिलेको सम्झौता खारेज गरेर पुरानै कम्पनीलाई बढी मूल्यमा काम दिनका लागि चलखेल भइरहेको समेत आरोप लगाए । संविधानले अख्तियारलाई शक्तिशाली र स्वतन्त्र संवैधानिक निकायको रूपमा परिकल्पना गरेको भन्दै उनले यसमाथि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप भए निष्पक्ष छानबिन नहुने उल्लेख गरेका छन् । त्यस्तै अन्य बिपक्षी सांसदहरुले पनि आफुहरुले उठाएका बिषयमा सरकार गम्भीर नभएको बताएका थिए ।