काठमाडौँ – श्रीलंकामा जारी एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


मंगलबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो । भारतका लागि उच्च स्कोर बनाउन ओपनर शफाली बर्माले शानदार ब्याटिङ गरिन् । उनले ४८ बलमा १२ चौका र १ छक्काको मदतमा ८१ रन ठोकिन् ।


ADVERTISEMENT

# # #


यस्तै दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्काको मतदमा ४७ रन जोडिन् । उनीहरुले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । यस्तै जमिनाह रोड्रिग्सले १५ बलमा ५ चौकाको मदतमा नटआउट २८ रन तथा सजीवन साजनाले १० तथा जोडिन् ।

बलिङतर्फ नेपालकी सीता रानामगरले २ विकेट लिइन् भने कविता जोशीका नाममा १ विकेट रह्यो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

यसअघि पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । समिफाइनलमा स्थान बनाउन नेपालले आज जित्नैपर्ने दबाब रहेको छ ।

यता लगातार दुई खेल जितेको भारत आजको खेलमा समृत जित निकाल्ने लक्ष्यमा रहेको छ । ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सोही समूहमा पाकिस्तानसहित युएई र भारतसमेत रहेका छन् । लगातार दुई खेल हारेको युएई भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।