काठमाडौँ – नेपाल श्रीलंकामा जारी एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएपछि दोस्रो चरणमा नपुग्दै बाहिरिएको हो ।
मंगलबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमै समेटिएको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रन बनाइन् भने रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु बर्माले १४ रन जोडिन् ।
बलिङतर्फ भारतकी दीप्ती शर्माले ३ विकेट लिइन् भने अरुढती रेड्डी र राधा यादवले समान २/२ विकेट हात पारे । यस्तै रेनुका सिंहको नाममा १ विकेट रह्यो । यसअघि ओपनर शफाली बर्माले शानदार ब्याटिङ गरेपछि भारतले उच्च स्कोर खडा गरेको थियो । सो क्रममा बर्माले ४८ बलमा १२ चौका र १ छक्काको मदतमा ८१ रन ठोकिन् ।
यस्तै दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्काको मतदमा ४७ रन जोडिन् । उनीहरुले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । यस्तै जमिनाह रोड्रिग्सले १५ बलमा ५ चौकाको मदतमा नटआउट २८ रन तथा सजीवन साजनाले १० तथा जोडिन् ।
बलिङतर्फ नेपालकी सीता रानामगरले २ विकेट लिइन् भने कविता जोशीका नाममा १ विकेट रह्यो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
नेपाल यसअघि पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । ८ राष्ट्र सहभागी प्रतियोगितामा समूह चरणबाट भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन् भने नेपाल र युएई बाहिरिएका छन् ।



























































