काठमाडौँ– काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।


ADVERTISEMENT


जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छ ।


ADVERTISEMENT

# # #


विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।