काठमाडौँ– त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ ।


ADVERTISEMENT


जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बुझिएको छ । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । जहाजमा सर्वसाधारण यात्रु नरहेको बुझिएको छ ।


ADVERTISEMENT

# # #


जहाजमा आगलागी भएपछि त्यसभित्र रहेका १९ जनाकै ज्यान जोखिममा परेको देखिएको छ ।

बुधवार बिहान सौर्य एयरलान्सको जहाज दुर्घटना हुँदा आगलागी लागेको हो । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छ ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् । उनी दुर्घटना लगत्तै जानकारी लिन त्यहाँ पुगेका हुन् ।