काठमाडौँ– सौर्य एयरको विमान दुर्घटनाको जानकारीपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् ।
बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो । त्यस क्रममा १८ जनाको मृत्यु भएको थियो भने एक जनाको जीवितै उद्दार गरिएको थियो ।
प्रधानमन्त्री ओली दुर्घटनाबारे विस्तृत जानकारी लिन त्यसतर्फ लागेको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।
यसअघि गृहमन्त्री रमेश लेखक पनि विमान दुर्घटनास्थल पुगिसकेका छन् ।



























































