काठमाडौँ– त्रिभुवन विमानस्थलमा भएको जहाज दुर्घटनामा सवार १९ जना को–को थिए भन्ने खुलेको छ ।


ADVERTISEMENT


सौर्य एयरलाइन्सले यात्रुहरुको विवरण सार्वजनिक गरेको हो । सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरुको विवरण यसप्रकार रहेको छ ।


ADVERTISEMENT

# # #



विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ ।

सो जहाज मर्मतका लागि पोखरा आउँदै गर्दा सौर्य एयरलाइन्सको ९एन–एएमई कलसाइनको जहाज दुर्घटनामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पोखराको ह्यांगरमा राखेर मर्मतका लागि उक्त विमान कम्पनीले अनुमति लिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकी प्रवक्ता जसोदा सुवेदीले बताइन् ।

जहाजमा सवार यात्रुमध्ये पाइलटबाहेक सबैको हताहति भएको छ । उद्धार गरिएका ३७ वर्षीय क्याप्टेन मनिष शाक्यको हाल सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।