चितवन – सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नदीमा हराएको छ ।


ADVERTISEMENT


भारतीय उद्धार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्ने क्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो ।


ADVERTISEMENT

# # #


भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो । उक्त समयमा हराएको बस हालसम्म भेटिएको छैन ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले अहिले बस र चुम्बक दुवैको खोजी जारी रहेको जानकारी दिए ।

बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।