काठमाडौं- सांसदहरुले कर्णालीमा भएको सवारी दुर्घटनापछि उद्दारमा ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा उनीहरुले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको भन्दै उद्धारमा भएको ढिलाइबारे सरकारलाई रुलिङ गर्न माग समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको बताएकी छिन्।

उनले घटना घटेको लामो समय बितिसक्दा पनि राज्यका तर्फबाट घटनाको यकिन तथ्य र विवरण आउन नसक्नु अत्यन्तै खेदजनक रहेको बताएकी छिन् । थापाले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

त्यस्तै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मन्त्रीहरू हेलिकप्टरमा सयर गर्ने तर कर्णालीका नागरिक नदीमा डुब्दा र विपद्मा पर्दा राज्य अनुपस्थित रहने गरेको बताएका छन्।

कर्णाली नदीमा खसेको गाडी र बेपत्ता यात्रुको खोजी तथा उद्धारमा ढिलाइ भएको भन्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा उद्धारमा भएको ढिलाइबारे रुलिङको माग गरेका छन्।

शाहीले कर्णालीका जनतामाथि विभेदपूर्ण व्यवहार हुँदै आएको भन्दै दुर्गम क्षेत्रका नागरिकप्रति समेत सरकार गम्भीर नदेखिएको धारणा राखेका छन् ।