काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले नयाँ सरकारको मुख्य उदेश्य नै संविधान संशोधन भएको देखिएको भन्दै त्यसको औचित्य पुष्टि हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अहिलेको संविधान मुलुकको विकास र समृद्धिका लागि बाधक नभएकाले देशको दिगो विकासका लागि संविधानलाई नै टेकेर अघि बढ्नुपर्ने धारणा राखे । बिचौलियाहरुको चलखेलमा अनावश्यक संरचनाहरु बनाउने कामले देशको विकास गर्न नसक्ने भन्दै उनले समग्र देशको विकासको मोडलको बारेमा छलफल आवश्यक रहेको उल्लेख गरे ।

उनले यसअघिको सरकारले अघि सारेका सुशासनका मुद्दाहरुलाई निरन्तरता दिनुपर्ने र भ्रष्टाचार अन्त्यका लागि सवै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।