काठमाडौं-  एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ऊर्जा पेय एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली खेलकुदमा नयाँ इतिहास रचेको छ। कम्पनीले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तेस्रो संस्करणका लागि आठमध्ये ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरशिप सम्झौता गरेको हो। यसलाई नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको सबैभन्दा ठूलो साझेदारीमध्ये एक मानिएको छ।


ADVERTISEMENT


एक्स्ट्रिम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग तीन वर्षका लागि टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्ने सम्झौता गरेको छ। सम्झौताअनुसार सम्बन्धित टोलीका खेलाडीले लगाउने जर्सीको अगाडिको मुख्य स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंकको लोगो रहनेछ।


ADVERTISEMENT

# # #


सोमबार आयोजित विशेष कार्यक्रममा छवटै टोलीका प्रतिनिधि तथा एग्रो थाई फुड्स प्रालिका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस्तो सहकार्यले नेपाली क्रिकेटको दीगो विकास, खेलाडीको भविष्य उज्ज्वल बनाउन तथा समग्र क्रिकेट संरचनालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

एग्रो थाई फुड्सका राष्ट्रिय बिक्री प्रबन्धक कृष्ण दाहालले एनपीएल नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता भएकाले ६ टोलीसँग टाइटल स्पोन्सरका रूपमा जोडिन पाउँदा कम्पनी गौरवान्वित भएको बताएका छन्। उनले यो सहकार्य केवल ब्रान्ड प्रवर्द्धनमा सीमित नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने उद्देश्यले गरिएको स्पष्ट पारेका छन्।

एक्स्ट्रिम इनर्जी ड्रिंकले विगत केही वर्षदेखि महिला राष्ट्रिय क्रिकेट टोलीसहित क्रिकेट, फुटबल, भलिबल, म्याराथन तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुद, खेलाडीको क्षमता विकास र खेल संस्कृतिको प्रवर्द्धनमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।