काठमाडौँ – एसीसी महिला एशिया कपक क्रिकेटको उपाधि आयोजक श्रीलंकाले जितेको छ । आतइबार फाइनल खेलमा साबिक विजेता भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले पहिलो पटक महिला एशिया कपको उपाधि जितेको हो ।
यसअघिका ८ संस्करणमध्ये ५ पटक फाइनलमा पुगेर पनि चुकेको श्रीलंकाले यसपटक भने लक्ष्य पूरा गर्न सफल भएको हो । आइतबार श्रीलंकाको रंगिरी दाम्बुला क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो । १६६ रनको चुनौती पच्छ्याउँदै मैदान छिरेको श्रीलंकाले ८ बल बाँकी छँदै २ विकेट गुमाएर जित हात पारेको हो ।
श्रीलंकाको ऐतिहासिक जितका लागि कप्तान चामरी अथापथ्थु, हर्षिथा समरविक्रना र काभिसा दिल्हारीले शानदार ब्याटिङ गरे । ७ रन बनाउँदा पहिलो विकेछ गुमाएको श्रीलंकाका लागि कप्तान चामरी र हर्षिथाले दोस्रो विकेठका लागि ८७ रनको साझेदारी गरेपछि जितको आधार तय भयो । त्यसक्रममा कप्तान चामरीले ४३ बलमा ९ चौका र २ छक्काको मदतमा ६१ रन बनाइन् ।
त्यसपछि तेस्रो विकेटका लागि हर्षिथाले काभिसासँग मिलेर ४० बलमा नै नटआउट ७३ रनको साझेदारी गरेपछि श्रीलंकाले सहज जित हात पार्यो । त्यसक्रममा हर्षिथाले ५१ बलमा ६ चौका र २ छक्का ठोक्दै नटआउट ६९ रन प्रहार गरिन भने काभिसाले १६ बलमा १ चौका र २ छक्का प्रहार गरिन् । उनले नै विजयी छक्का प्रहार गर्दै श्रीलंकालाई उपाधि दिलाइन् ।
बलिङतर्फ भारतका लागि दीप्ती शर्माले १ विकेट लिइन् । यसअघि चारतका लागि ओपनर स्मृति मन्धनाले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बलमा १० चौकाको मदतमा ६० रन बनाइन् । यस्तै रिचा घोषले ३०, जेमिमाह रोड्रिजले २९ रन बनाउँदा सफली बर्माले १६ र कप्तान हर्मप्रीत कौरले १५ रन बनाइन् । बलिङतर्फ श्रीलंकाकी काभिसा दिल्हारीले २ तथा सचिनी निसांसला, उदेशिका प्रबोधानी र कप्तान चामरी अथापथ्थुले समान ११ विकेट लिए ।
प्रतियोगितामा अपराजित रहेको भारत फाइनलमा भने श्रीलंकासँग स्तब्ध भएको हो । ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले समेत खेलेको थियो । समूह ए मा रहेका नेपाल भारत र पाकिस्तानसँग पराजित भएको थियो भने युएईलाई हराएको थियो ।



























































