काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई लिएर जनतामाझ जानुपर्नेमा नेताहरुले जोड दिएका छन् ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाडामा आइतबार बसेको बैठकमा धारणा राख्ने पदाधिकारीहरुले पार्टी नेतृत्वको सरकारले निकै राम्रो काम गरेको र अब जनतामाझ जानुपर्ने सुझाव दिएका हुन् । आइतबार पाँच जना पदाधिकारीहरुले धारणा राखेका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा बर्तमान परिस्थीतिका बारेमा छलफल भएको प्रवक्ता अग्नि सापकोटाले बताए । उनले जनतामा गएर राष्ट्रियता, जनजिविकाका सवालहरुलाई थप बलियो बनाउनुपर्ने सुझाव आएको धारणा राखे । सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा भएको कुराको सामूहिक स्वामित्व लिनुपर्ने र कमी कमजोरी पनि गम्भीर समीक्षा गर्नुपर्नेमा अधिकांशको जोड रहेको उनको भनाइ छ ।

पदाधिकारी बैठकसकिएपछि स्थायी कमिटी र केन्द्रीय कमिटी बसेर आवश्यक निष्कर्ष निकाल्ने प्रवक्ता सापकोटाले बताए ।