काठमाडौँ– बागमती प्रदेश सरकारले पूर्णता पाएसँगै खेलकुद क्षेत्रलाई चिनेको, लामो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदलाई नजिकबाट नियालिरहेका, थुप्रै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल बनेका र खेलाडीहरुका लागि मनोबल बढाउन आफ्नै बलबुताले राष्ट्रिय स्तरका धेरै खेलकुद प्रतियोगिताहरु निरन्तर गर्दै आएका मीन कृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएसँगै खेलकुद क्षेत्रमा उत्साह र उमंगका साथै खुशियाली छाएको छ ।
खेलाडीहरुको मनोबल बढाउन आफ्नै बलवुतामा राष्ट्रलेसमेत गर्न नसकेका राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्दै आइरहेका महर्जनलाई बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको योगदानको कदर गर्दै युवा तथा खेदकुद मन्त्रालयको जिम्मेवारी दिएपछि विभिन्न सामाजिक सञ्जाल, फोनमा स्वदेशदेखि विदेशमा रहेका खेलाडी र खेलकुद क्षेत्रमा लागेकाहरुले प्रत्यक्ष भेटेर शुभकामना तथा बधाई दिनेहरुको ओइरो नै लागेको छ ।
आफू पनि खेलाडीको भूमिका निर्वाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी भई अनगिन्ती मेडलहरु ल्याउन सफल भई यसै क्षेत्रमा निरन्तर लागिरहेका खेलकुद क्षेत्रलाई राम्रोसँग चिनेको, खेलाडीहरुको मनोबल बढाउन कस्तो योजनाहरु ल्याउनुपर्छ र कस्ता प्रतियोगिताहरु गरी अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सकिन्छ भन्ने राम्रो ज्ञान र भिजन भएका कारण अब अन्तर्राष्ट्रिय क्षेत्रमा बागमती प्रदेशका खेलाडी मात्र नभई देशै भरीका नेपाली खेलाडीहरुले नेपालको झण्डा फहराउन मन्त्री महर्जनको भूमिका रहनेमा खेलाडीहरु ढुक्क छन् ।
ललितपुरको चापागाउँमा जन्मिएका युवा तथा खेलकुद मन्त्री महर्जन बालापनदेखि नै झरी, बादल नभनी दुःख कष्ट सहेर दैनिक चापागाउँदेखि पैदल तथा साइकलको सहारामा त्रिपुरेश्वरसम्म पुगी निरन्तररुपमा ट्रेनिङमा जाने र आफ्ना सहकर्मी साथीहरुलाई गाउँमा आफूले त्रिपुरेश्वर रंगशालामा सिकेका सिपहरु सिकाएर खेलकुद क्षेत्रमा लाग्न प्रेरित गर्थे ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सहकर्मी साथीहरुलाई पु¥याउन सफल बन्नुका साथै लगनखेल डोजोका संस्थापक प्रशिक्षक रही सो डोजोबाट पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल बने ।
मन्त्री महर्जनद्वारा उत्पादित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले साफ गेमदेखि लिएर अन्य थुप्रै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याइसकेका छन् ।
त्यस्तै, राष्ट्रिय खेलकुद परिषदमा छोटै समय कोषाध्यक्ष रहँदा पनि खेलाडीहरुको हकहित र खेलाडीको मनोबल बढाउने कार्य गरी देशै भरिका खेलाडीहरुमा आत्मबल बढाउने कार्य गरेकै कारण राष्ट्रिय खेलकुद परिषदमा त्यतिबेला गरेको कार्यको चर्चा अहिलेसम्म पनि खेलाडी तथा खेलकुद क्षेत्रमा लाग्नेहरुले बिर्सन सकेका छैनन् ।
खेलकुद क्षेत्रलाई कसरी अन्तराष्ट्रिय क्षेत्रमा पु¥याउन सकिन्छ भन्ने राम्रो ज्ञान भएका मन्त्री महर्जन नेपाली कांग्रेसमा आवद्ध रही सामाजिक कार्यमा पनि निरन्तररुपमा योगदान गर्दै आइरहेका कारण विकास प्रेमी नेताको रुपमा आफूलाई परिचित गराउन सफल भई सो क्षेत्रमा जनताको मन जितेकै कारण ललितपुर क्षेत्र नं. १ ‘ख’ बाट टिकट पाई माननीय बन्न सफल बनेका थिए ।
मन्त्री महर्जन ललितपुर कॉंग्रेस ब्रृतमा प्रभावशाली मानिन्छ।



























































