काठमाडौँ – उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउने प्रयास गरेको बताएका छन् ।
कार्गो दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले मौद्रित नीतिका साथै अन्य नीतिबाट पनि व्यवसाय गर्न सहज वातावरण बनाउने काम सरकारले गरेको बताएका हुन् ।
उनले अब कुरा भन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था आएको धारणा राखे । कार्गो क्षेत्रको समस्या समाधानका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूले सहजीकरण गर्ने उनको भनाइ छ ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।



























































