काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो । यसअघि समितिको सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएपछि उनले कृषि क्षेत्रको सुधार र नीतिका निर्माणका लागि ध्यान केन्द्रित गर्ने बताए ।


ADVERTISEMENT

# # #


आरजु देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त हुन पुगेको थियो ।