काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो निर्वाचन क्षेत्रमा आफूमाथि कुनै एक राष्ट्रिय दलका कार्यकर्ताले दुर्व्यवहार भएको गुनासो गरेकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा गौतमले आफु निर्वाचनमा क्षेत्रमा पहिरोको निरीक्षण गर्न जादा एकाएक युवाको एक समूहले घेरेले तथानाम गाली गलौज गर्दै दुव्र्यवहार गरेको र पछि दुर्व्यवहार गर्ने मध्ये केही युवा राष्ट्रिय दलका कार्यकर्ता भएको बुझिएको बताइन् ।
आफुहरु युवाहरुको कुरा सुन्न तयार भएपनि उनीहरुले कुरा नसुनी एकोहोरो दुर्व्यवहार गरेको उनले बताइन् । बाटो ढुकेर तर्साउने अमर्यादित हर्कतको जिम्मा सो दलले लिने वा नलिने भन्दै उनले प्रश्न गरिन् ।
उनले सांसदको सुरक्षा चूनौतिका बारेमा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताइन् ।



























































