काठमाडौं- प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ‘Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।


ADVERTISEMENT


४८ घण्टे राष्ट्रिय ह्याकाथनको पहिलो दिन सहभागी टोलीहरूको दर्ता, अभिमुखीकरण तथा परियोजना विकास (Development Phase) को औपचारिक सुरुवात गरिएको कलेजले जनाएको छ।


ADVERTISEMENT

# # #


देशभरबाट छनोट भएका विद्यार्थी तथा प्रविधिप्रेमीहरू नवीन सोचलाई व्यवहारमा उतार्ने लक्ष्यसहित प्रतिस्पर्धामा जुटेका छन्। सहभागीहरूले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (AI), मेसिन लर्निङ (ML), ओपन इनोभेसन तथा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न समस्याको समाधान विकास गर्न थालेका छन्।

आयोजकका अनुसार आगामी ४८ घण्टासम्म सहभागीहरूले वास्तविक समस्याको समाधान गर्ने डिजिटल उत्पादन तथा प्रविधिमा आधारित नवीन परियोजनाहरू तयार पार्नेछन्। साथै उद्योग, शैक्षिक संस्था र प्रविधि समुदायबीच सहकार्य, सिकाइ तथा अनुसन्धानलाई पनि प्राथमिकता दिइनेछ।

कलेजले पहिलो दिनको वातावरण सिर्जनात्मक, ऊर्जाशील र प्रतिस्पर्धात्मक रहेको जनाएको छ। सहभागीहरूको नवीन सोचले नेपालमा नवप्रवर्तनको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

यसैबीच, अर्किड इन्टरनेशनल कलेजले B.Tech in Artificial Intelligence (AI), BIT, BSc CSIT, BCA, BITM, BBM, BBA, MBA, BSW तथा BA in Psychology कार्यक्रमहरूमा भर्ना खुला रहेको जानकारी दिएको छ।

कलेजले AI, डाटा साइन्स, डिप लर्निङ, साइबर सुरक्षा, सफ्टवेयर इन्जिनियरिङ, कम्प्युटर भिजन, रोबोटिक्स तथा इन्टरनेट अफ थिङ्स (IoT) लगायतका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आधुनिक शिक्षण प्रणाली अपनाउँदै आएको जनाएको छ।