एजेन्सी – बैंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेकी छन् । बंगलादेशमा जारी हिंसा रोक्न नसकेकी हसिना राजीनामा दिएर देश छोडेको बीबीसी बंगलाले जनाएको छ ।


ADVERTISEMENT


जस अनुसार हसिना देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् ।बीबीसी बंगलाका अनुसार शेख हसिना हेलिकोप्टरमा भारतीय सहर अगरतला प्रस्थान गरेकी हुन्। प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #


बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको छ । आन्दोलन सोमबार थप व्यापक भएको छ । बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेको खबर छ ।

विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् । ढाकाको मोहाली क्षेत्रमा उपस्थित बीबीसी बंगलाका संवाददाताका अनुसार हजारौं मानिस पैदल र रिक्सामा शाहबागतर्फ लागेका छन् । र्‍यालीमा महिलाहरुको बाक्लो संख्या रहेको छ ।

मिरपुर इलाकामा उपस्थित अर्का संवाददाताले पनि हजारौं मानिस शाहबागतर्फ मार्च गरिरहेको बताएका छन् । यो क्षेत्र एक प्रमुख यातायात हब र शहरको केन्द्र हो, जनहाँ धेरै पार्क र विश्वविद्यालयहरु समेत रहेका छन् ।

सडकमा सेना तैनाथ गरिए पनि र्‍याली रोक्न नसकेको र दिउँसोदेखि नै सडकमा प्रहरीको उपस्थिति न्यून देखिएको छ ।