काठमाडौँ – कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


सोमबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत पर्यो ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री कँडेलको पक्षमा आएको मत प्रदेशसभामा कायम रहेको सदस्यको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले घोषणा गरे ।

संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै प्रदेशमा कांग्रेस–एमालेबीच सरकार बनेपछि उनले विश्वासको मत लिएका हुन् ।