काठमाडौँ– बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र अखिल नेपाल फुटबलको संघ अध्यक्ष पंकज बिक्रम नेम्वाङ बीच भेटघाट गरेका छन् ।


ADVERTISEMENT


उनिहरु बीच गोदावरी नगरपालिका वडा नम्बर १० मा अवस्थित गोदावरी मिनि रंगशाला निर्माणको बिषयमा छलफल भएको मन्त्री महर्जनले बताए। गोदावरी नगरपालिका भित्र नमुनाको रुपमा रहेको उक्त रंगशाला गोदावरी नगरपालिकाले डिपिआर तयार पारी नगरपालिकाले केही निर्माण कार्य अगाडि बढाई सकेको छ।


ADVERTISEMENT

# # #


करिब २५ करोड लागतमा निर्माण हुन लागिएको उक्त रंगशाला बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, र एन्फाको सहकार्यमा निर्माण हुने मन्त्री महर्जनले बताए । निर्माण कार्यको पहिलो सुरुवात एन्फाले गर्नेछ। अब केहि दिनमा गोदावरी नगरपालिका र एन्फा बिच उक्त रंगशाला निर्माणको लागी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी रहेको छ।

रंगशाला निर्माणको लागी बागमती प्रदेश सरकारको पनि ठुलै सहयोग रहने छ। बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पदभार गरेको दिन उक्त रंगशाला बहुवर्षिय योजना मार्फत निर्माण गर्ने पहिलो निर्णय गरेको थियो।

२०७४ सालको स्थानीय निर्बाचनको बेलामा चुनाव प्रचार प्रसारको क्रममा मन्त्री महर्जनले गोदावरी नगरपालिका जनतालाई बन्द अबस्थामा रहेको गोदावरी नगरपालिका वडा नम्बर १० स्थित बन्द अवस्थामा रहेको बन सिमानामा पर्ने ढुङ्गा खानीमा रंगशाला बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। तर बजेट अभावका कारण निर्माण कार्य ढिला हुँदै आई रहेको थियो।

महर्जन खेलकुद मन्त्री नियुक्त भए लगत्तै उक्त रंगशाला निर्माणलाई तीव्रता दिन थालिएको हो। मन्त्री महर्जन खेलकुद ब्याकग्राउन्डबाट राजनितीमा प्रबेश गरेका थिए। मन्त्री महर्जन ललितपुर जिल्लामा लोकप्रिय नेताको रुपा परिचित छन् ।