काठमाडौँ– नेपाल फाइनान्स लिमिटेडको लगनखेल शाखा कार्यालय प्रयागपोखरीमा सरेको छ ।
फाइनान्सले श्रावण २१ गतेका दिन संस्थाको ललितपुर महानगरपालिका– ५ स्थित रहेको शाखा कार्यालयलाई प्रयागपोखरीमा स्थानान्तरण गरेको हो । कार्यक्रमको समुद्घाटन संस्थाका संचालक दिप्रश शाक्यले गरेका थिए ।
नेपाल फाइनान्स निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.सं २०४९ सालमा स्थापित अग्रणी वित्तिय संस्था हो । यसको मुख्य कार्यालय काठमाडौ महानगरपालिका–२८ स्थित कमलादीमा रहेको छ ।



























































