गुल्मी– गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् ।


ADVERTISEMENT


पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।


ADVERTISEMENT

# # #


पहिरोमा पुरिएर मृत्यु हुनेमा ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विक रहेका छन् ।

पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई भने स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।