काठमाडौँ – नेकपा (एकीकत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुई दलीय व्यवस्था ल्याउन नदिने बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभामा बोल्दै उनले सबै मिलेर बहुदलीय व्यवस्था ल्याएको भन्दै दुई दलीय व्यवस्था ल्याउन नदिने बताएका हुन् । उनले एमाले–कांग्रेसबीच मध्यरातमा भएको सहमतिप्रति पनि आशंका व्यक्त गरे । कुरा एउटा, काम अर्को गर्दा देश र जनताले दुख पाएको भन्दै अब त्यस्तो अवस्थामा आउन दिन नहुने उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै नेपालले अब शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ढिलाई गर्न नहुने बताए । शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने उनले बताए ।

पीडितका समस्यालाई ध्यान दिँदै सिङ्गो शान्ति प्रक्रियालाई सम्पन्न गर्ने बाटोमा अघि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले यसलाई पूर्णता दिन सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताए ।

त्यस्तै उनले सङ्क्रमणकालीन न्यायसँग जोडिएका कामलाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेकाले त्यसका लागि आफ्नो पार्टी पूर्णप्रतिबद्ध रहेको स्पष्ट पारे ।