मकवानपुर-  हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलामा विद्यालयबाट घर फर्किने क्रममा चार विद्यार्थीलाई खोलाले बगाएको घटनामा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। एक विद्यार्थीलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खोलाले बगाएका चारै विद्यार्थीको पहिचान खुलेको छ। राक्सिराङ–१ की रेशमा स्याङतान (कक्षा २) मृत अवस्थामा फेला परेकी छन्।


ADVERTISEMENT

# # #


त्यस्तै, सिमा बोलन (कक्षा ६) लाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेले जानकारी दिए। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

खोलाले बगाएका सुमित्रा बोलन (कक्षा ५) र बिनता बोलन (कक्षा ७) भने अझै बेपत्ता छन्। उनीहरूको खोजीका लागि सुरक्षाकर्मीले घटनास्थल तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेका छन्।

घटनापछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ। खोलामा आएको पानीको बहाव र जोखिमबीच सुरक्षाकर्मीले बेपत्ता विद्यार्थीहरूको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाएका छन्।

विद्यालयबाट घर फर्किने क्रममा विद्यार्थीहरूलाई खोलाले बगाएपछि स्थानीय क्षेत्रमा त्रास र शोकको अवस्था सिर्जना भएको छ।