काठमाडौँ – सरकारले काभा महिला भलिवल प्रतियोगिताको उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।


ADVERTISEMENT


उनका अनुसार प्रतियोगितामा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई पुरस्कारस्वरुप जनही ३ लाख रुपैयाँ प्रदान गरिनेछ । यस्तै १ जना मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय सञ्चारमन्त्री गुरुङले बताए ।


ADVERTISEMENT

# # #


हालै काठमाडौँमा भएको काभा महिला भलिबल प्रथियोगितामा नेपाल उपविजेता बनेको थियो । नेपाली महिला भलिबलको इतिहासमै पहिलो पटक भारतीय टोलीलाई हराएको नेपाली टोली फाइनलमा भारतसँग नै ३–२ले पराजित भएपछि उपाधि उचाल्नबाट वञ्चित भएको थियो ।