काठमाडौंल– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
गत शुक्रबारबाट काठमाडौँमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए । भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरिएकोे राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेसगरेको साङ्गठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन् ।
शनिबार प्रस्तुत भएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो । समूहका नेताले ती प्रस्तावमा के के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राखेका थिए । भेलामा बेल्दै पुर्व उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने प्रस्ताव राखेको बताए । त्यस्तै, १५औँ महाधिवेशनसम्म पार्टीका नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजकले संयोजन गर्दै जाने निधिले बताए ।
त्यसतै नेता डा. प्रकाशशरण महतले पार्टीको आगामी आर्थिक मार्गचित्र स्पष्ट पार्दै प्रजातान्त्रिक समाजवादको जगमा उभिएर मुलुकको आर्थिक रूपान्तरण गर्नुपर्ने बताए । महतले किसानले समयमा मल नपाउने, उत्पादनको उचित मूल्य नपाउने र प्रविधिको अभाव खेप्नुपर्ने अवस्थाको अन्त्यगर्दै किसानका समस्यालाई कांग्रेसले आफ्नो मुख्य एजेण्डा बनाउनुपर्नेमा जोड दिए । संविधानमा रहेका कतिपय विरोधाभासका बाबजुद कांग्रेसले आफ्नो मौलिक सिद्धान्त प्रजातान्त्रिक समाजवादलाई नछाड्ने स्पष्ट पारे ।
त्यसतै कार्याक्रमलाइ सम्बोधन गर्दै नेता कृष्ण प्रसाद सिटौलाले निर्वाचन आयोगले गरेको निर्णयलाइ सर्वाेच्च अदालतले बदर गर्नेछ भन्नेमा आँफुहरु विश्वस्त रहेको बताए । उनले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पुर्नबहाली हुने बताए । नेता सिटौलालोेसंकटबाट गुज्रिरहेको देशलाइ समाधान दिने जिम्मेवारी कांगे्रेसको काधमा रहेको उल्लेख गर्दे यो जिम्म्ेवमरी पुरा गर्नका लागि बृहत एकताको खाँचो रहेको स्पष्ट पारे ।
नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं महाधिवेशन तयारीको जिम्मा पूर्वमहामन्त्री डा.सशांक कोइरालालाई दिएको छ ।




























































