काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भएको बताएका छन्।


ADVERTISEMENT


शुक्रबारबाट सुरु भएको कांग्रेस इतर पक्षको राष्ट्रिय भेलाको समापन समारोहलाइ सम्बोधन गर्दे देउवाले आफू कसैको विरोधी नभएको प्रष्टीकरण दिएका हुन् । ‘म हिन्दू हुँ । म कसैको विरोधी होइन । नेपालमा मुस्लिम धर्म मान्ने छन्, किराँतहरू छन् । म कसैको खिलाफमा छैन,’ उनले भने, ‘मैले आफू हिन्दू हो भन्न पाउनु पर्‍यो नि । हिन्दूमा विश्वास गर्न पाउनुपर्‍यो नि मैले । यसमा कुनै कन्फ्युजन नहोस् ।’


ADVERTISEMENT

# # #


देउवाले पञ्चायतकालदेखि नै अदालतले आफूलाई न्याय दिएको स्मरण गर्दै पछिल्लो राजनीतिक विवादमा पनि अदालतको निर्णय स्वीकार गर्ने बताए । उनले पार्टीको विशेष महाधिवेशनसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले पूर्ण फैसला नआएसम्म आफूले यस विषयमा थप टिप्पणी नगर्ने बताए ।

पुर्वसभापति देउवाले नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्ने धारणा राख्दै नेपाल हिन्दु राष्ट्र हुने वा नहुने विषय नेपाली जनताको निर्णयमा निर्भर रहने उल्लेख गरे । उनले हिन्दु धर्मसँगै बुद्ध धर्म तथा विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक परम्पराको सम्मान गर्नुपर्नेमा जोड दिए ।