काठमाडौँ – राष्ट्रियसभामा संक्रमणकालिन न्यायसंग सम्बन्धी विधेयक (टीआरसी विधेयक)माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।


ADVERTISEMENT


आइतबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतीले स्वीकृत भएको हो ।


ADVERTISEMENT

# # #


उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरुका लागि विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सकिने राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले जानकारी दिए ।

त्यसअघि बैठकमा उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलका क्रममा आएका प्रश्नको जवाफ दिदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियालले विधेयकपारित भइ ऐन बनेपछि आयोगले निष्पक्ष ढंगले काम गर्ने बताए ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ ६ गते दिउँसो १ः१५ बजे बस्नेछ ।